ताजा पोस्ट :

तारकेश्वर ९ लाई समृद्ध बनाउन वडा अध्यक्षका उम्मेदवार कपिल महर्जनको  १० योजनाहरु यस्ता छन्

107700

 

काठमाडौँ ( बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु यतिवेला घर दैलो कार्यक्रममा व्यस्त छन् । नेपाली काग्रेस ले तारकेश्वर नगरपालिकामा चुनाव लक्षित घरदैलो कार्यक्रमलाई तिव्र बनाएको छ ।  नगरपालिका स्थीत वडा नं ९ मा नेपाली काग्रेसका युवा नेता इन्द्रमान मर्हजन सहितको उपस्थितीमा वडा अध्यक्ष उम्मेदवार कपिल मर्हजन भोट माग्दै घरदैलो अभियान व्यस्त हुनुहुन्थ्यो । 

अभियानमा तारकेश्वर नगरपालिका वडा न।९ का नोपाली काग्रेसका वडा सदस्यका उम्मेदवारहरु श्याम कृष्ण महर्जन,उज्जवल अधिकारी,मञ्जु शाही र निमर्ला मग्राती सहित सयौँ नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो । 

घर दैलो अभियानमा नेपाली काग्रसको क्रेज सँगै काग्रेस प्रतिको जनताको आशा पनि ठुलो रहेको युवा नेता इन्द्रमान महर्जनले बताउनु भयो । वडा अध्यक्षका प्रत्यासी कपिल महर्जनले नगरवासीको काग्रेसको प्रतिको विश्वास र मायालाई एक इन्च पनि डगमगाउन नदिने घरदैलो कार्यक्रममा प्रतिवद्धता जनाउनु भयो ।  कपिल महर्जनको वडालाई समृद्ध बनाउने १० योजनाहरु यस्ता छन् ः 

१ स्थानीय वडा वासीको लागि विशेष प्रतिवद्धता ः क. तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा बासीलाई आवश्यक पर्दा रगत उपलब्ध गराउन रक्त बैंकको व्यवस्था गर्ने ।  ख.मलिाहरुको महिनावारी को समयमा स्वास्थ्यलाई ख्याल गरी वडा बासीलाई निशुल्क सेनेटाइजर प्यादको व्यवस्था गर्ने । ग.महिलाहरु सुत्केरी हुदा, सुत्केरी भत्ता उपलबध गराई जन्म दर्ता प्रमाण पत्र घरमानै गएर दिने व्यवस्था गर्ने ।

२. सुशासनमैत्री बातावरणमा काम गर्ने गराउने । ३. भौतिक तथा सामाजिक विकासको लागि आवश्यक कदम चाल्ने ।  ४. सार्वजनिक जग्गाहरुलाई संरक्षण तथा त्यसको उपयोग गर्ने । ५. फोहोर मैलालाई आधुनिक किसीमले व्यवस्थापन गर्नै ।  ६. जनस्वास्थ्य सम्बन्धी सचेत गराउने ।  ७. पर्यावरण सम्बन्धी कार्यहरु गर्ने ।  ८.जेष्ठ नागरिक तथा महिलामैत्री कार्य योजना तयार गर्ने ।  ९.पुरात्तावीक धार्मिक तथा संस्कृतीक सम्पदाहरुको सरक्षण गर्ने ।  १०.टोलमा शान्ती सुरक्षाको व्यवस्था गर्ने ।