ताजा पोस्ट :

सुनको मूल्य बढेको बढ्यै, तोलाको एक लाख नाघ्ने अनुमान

13190

साताको दोस्रो दिन सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

आइतबार ८९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ८९ हजार सात सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार २६५ रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यही ढंगले सुनको मूल्य बढिरहे तोलाको एक लाख नाघ्ने अनुमान गरिएको छ ।